• आज : Thursday 26 April 2018
    9:28:29 NST

शाहरुखको टिम, हैदरावाद विजयी

काठमाडाैं, २ बैशाख । इण्डियन प्रिमियर लिग आईपीएलमा सनराइजर्स हैदरावादले कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ।  
कोलकाताको घरेलु मैदान इडन गार्डेनमा शनिबार राति भएको खेलमा सनराइजर्स हैदरावादले कोलकातालाई पाँच विकेटले पराजित गरेको छ। टस हारेर पहिले व्याटिङ गरेको कालकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको थियो। 
कोलकाताका लागि क्रिस लिनले सर्वाधिक ४९ रन बनाउँदा दिनेश कार्तिकले २९ रन बनाए भने नितिश रानाको १८ रन बाहेक अन्य कुनै खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। कोलकातालाई सस्तोमै समेटन भुवनेश्वर कुमारले ३ विकेट लिए भने सकिबअल हसन र बिलीले समान २-२ विकेट लिए।  जवाफि व्याटिङ गरेको सनराइजर्सले ५ विकेट गुमाएर १९ औं ओभरमा लक्ष्य भेट्टायो। उसका लागि केन विलयम्सनले अर्धशतक पुरा गरे। 
उनले चार चौका र एक छक्काको मद्दतले ५० रन बनाए। त्यस्तै सकिबअल हसनले २७ रन बनाए भने रिद्धिमान शाहले २४ रन बनाए। बलिङ तर्फ कोलकाताका सुनिल नारायणको नाममा २ विकेट रहयो भने मिचेल जोन्सन, कुलदिप यादव र पियुस चावलाले समान एक एक विकेट लिए। 
प्रतियोगिताको म्यान अफ द म्याच बिली स्टान्लेक बने। प्रतियोगिता अन्तरगत आइतबार दुई खेल हुने छन्। पहिलो खेलमा रोयलच्यालेन्जर्स बैङलोरले राजस्थान  रोयल्सको सामना गर्दा अर्को खेलमा चेन्नाई सुपरकिङ्स र किङ्स इलाभेन पञ्जाव आमने सामने हुने छन्। 

Comment

Related News