• आज : Saturday 21 April 2018
    3:09:27 NST

४ नं वडाअध्यक्ष मोहन बिष्ट भन्छन : “जनताको उत्साह मर्न नदिन प्रयत्नरत छौ”

 
काठमाडौ, २ बैशाख । स्थानीय निकायको निर्बाचन सम्पन्न भइ पद बहाली गरेको १० महिनाको अवधिमा काठमाडौ महानगरपालिका वडा नं ४ ले  ५० वटा योजना सम्पन्न गरेको छ । काठमाडौ महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहनबहादुर बिष्टले यो योजना केन्द्रिय बजेटबाट सम्पन्न गरेको बताए । 
आफूरुहरुले पदबहाली गरेपछि योजना छनौटमा बिवाद हुन नदिन स्थानीय नागरिक समाजसँग छलफल गरी प्राथमिकताका क्षेत्र छानिएको बताउदै अध्यक्ष बिष्टले भन्नुभयो, हामीलाइ केन्द्रबाट प्र्राप्त एककरोड ७५ लाख बजेटबाट सम्पन्न गरिएको जानकारी दिए । 
अहिले नौकरोडको बजेट खर्च गरी योजनाका काम सञ्चालन भइरहेको जानकारी दिदै भने, ‘अहिले यस वडाका १५ वटा टोलमा सडक, ढल निर्माण, सडक चौडालगायतका काम सम्पन्न भएका छन । यी स्थानीय आफैले समस्या पहिचान गरी  माग गरेका योजना हुन ।‘
स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि आम जनतामा उत्साह देखिएको जनाउदै वडाध्यक्ष बिष्टले थप्नुभयो,  “आफ्नै स्रोतबाट सञ्चालन हुने  योजना भने सयौ सञ्चालनमा छन ।”
 बिस बर्षको अन्तरालमा सथानीय तहमा प्रतिनिधि आउपछि वडाभित्र कस्ता कस्ता चुनौतीहरु देखिए त भन्ने प्रसंगमा वडाअध्यक्ष बिष्टले यस वडाभित्र प्रसस्त सार्वजनिक जग्गा रहेको र त्यसको संरक्षण भने निकै चुनौतीपूर्ण रहेको बताए । 
मालपोत र नापी कार्यालयको बदमासीले सार्वजनिक जग्गा संरक्षणमा समस्या देखिएको बताउदै वडाअध्यक्ष बिष्टले केही जग्गाहरु अदालतको फैसलाबाट सफाइ पाएर आएका छन, तिनमा पार्क बनाउने कार्य थालनी गरिएको जानकारी दिए । 
स्थानीय तहमा जनप्रतिनिधि आएपछि  सर्वसाधारण जनता निकै उत्साहित हुँदे काम लिएर आउने गरेको र उनीहरुमा देखिएको उत्साह नमरोस भनी सुशासन दिन प्रयत्नरत रहेको अध्यक्ष बिष्टले भने । 
 
 
 
 

Comment

Related News