• आज : Thursday 26 April 2018
    9:27:58 NST

दोस्रो सातामा ‘तिमी सँग’

काठमाडौं, २ बैशाख । अघिल्लो साता अर्थात चैत्र २३ गते प्रदर्शनमा आएको फिल्म ‘तिमी सँग’ले प्रदर्शनको दोस्रो सातामा पनि सफलता हात पाएको छ । 
आज शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ र ‘नेप्टे’ संगै दर्शक माझ दोश्रो सातामा प्रवेश गर्दा फिल्म ‘तिमी सँग’ पनि फिल्मले दर्शकहरुको राम्रो साथ पाएको छ । फिल्मले नेपालको एक प्रमुख पर्यटकीय नगरी पोखरा आसपासका ठाउहरु घान्द्रुक,पुनहिल,अन्नपूर्ण बेसक्याम्प लगायतको दृश्यहरुलाई आकर्षक ढंगले देखाएको छ । 
कमेडी साथै लभ र एक्शन जनराको समिश्रणमा बनेको फिल्मले दर्शकलाई फिल्म हेरिरहदा पेट मिचीमिची हसाउनुको साथै रुन बाध्य बनाउदै निकै राम्रो संदेश समेत फिल्मले दिन्छ । दोश्रो सातामा प्रवेश गरे सँगै फिल्म युनिटले नया बर्षको अबशर पारेर शुभकामना समेत प्रदान गरेको छ । फिल्म युनिटले शुभकामना साथै फिल्म हेर्ने र मन पराई दिनु हुनेलाई बिशेष धन्यवाद दिदै नजिकको हलमा गएर फिल्म हेर्न समेत आग्रह गरेका छन् ।
शिशिर राणा, साकार ओझा, समुन्द्र उप्रेती र सुशिल क्षेत्रीको फिल्ममा पटकथा रहेको छ । फिल्ममा साम्राज्ञी, नाजिर, आकाश संगै निर्देशक तथा निर्माता शिशिर राणा, अनुपम श्रेष्ठको मुख्य भूमिका रहेको छ । शिशिर राणा निर्दे्शित तथा निर्मित फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन रहेको छ ।

Comment

Related News