• आज : Thursday 26 April 2018
    9:27:09 NST

दर्शकको साथ पायो ‘लिलिबिली’ले

काठमाडौं, २ बैशाख । शुक्रबार बाट प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ शनिबार नयाँ वर्ष २०७५ सालको पहिलो दिन देश भरिका सबै हलमा हाउसफुलको व्यापार गरेको छ ।
सिनेमाले रिलिजको पहिलो दिन ६५ प्रतिशत अकुपेन्सी कायम गरेको थियो । तर, दोस्रो दिन अभिनेता प्रदीप खड्काको क्रेजले सम्पूर्ण हलमा दर्शकको भिड लगायो । प्रदीप खड्का अभिनित बहुप्रतिक्षीत चलचित्रको रुपमा हेरिएको ‘लिलिबिली’ले शनिबार राजधानी भित्र र बाहिरका सबै हलमा फिल्म हेर्ने दर्शकको ठुलै भिड लागेको थियो । प्रदीप खड्काको क्रेजका कारण हल(हलमा दर्शकको भीड उर्लिएको छ ।शनिबार दर्शकलाई नयाँ वर्षको शुभकामना दिन र ‘लिलिबिली’ प्रतिक्रिया बुझ्न प्रदीपसँगै अभिनेत्री जसिता गरुङ, निर्देशक मिलन चाम्स, निर्माता गोविन्द शाही उपत्यकाका विभिन्न हलमा पुगे ।
शनिवार दिउँसो साढे १ बजे बडिगार्डसहित प्रदीप खड्का र जसिता गुरुङ राजधानीको गोपीकृष्ण , अष्टनारायण हलमा पुग्दा दर्शकको भीड अनियन्त्रित थियो ।उनीसँग सेल्फी खिच्न र हात मिलाउन युवापुस्ताका दर्शकको ठुलै भिड लागेको थियो । चलचित्र हेर्न आएका दर्शकले टिकट काउन्टरमा भीड थामि नसक्नु थियो । दिउँसो गोपीकृष्ण हलले ‘लिलिबिली’ लाई उपलब्ध गराएको ‘गोपी’ र ‘ऊँ’ हल हाउसफुल भएर टिकट नपाएर कयौं दर्शक निराश हुँदै घर समेत फर्किएक थिए ।यता राजधानीको मुख्य मल्टिप्लेक्स क्युएफएक्स अन्तर्गतको सिभिल मल, जय नेपाल, कुमारी हलसँगै विग मुभिज, एफक्यूव, विएसआर मुभिजक सबै शोहरु हाउसफुल भएका थिए ।
यस्तै मोफसलका प्रमुख शहरहरु चितवन पोखरा, विर्तामोड, दमक,धरान र हेटौडा लगायतका ठाउमा पनि ‘लिलिबिली’ हाउसफुल भएको छ ।चितवनका हलहरुमा धेरै दर्शकले टिकट नपाएर फिल्म न हेरी घर गएका इन्द्रदेवका ब्यबस्थापक हरि रेग्मीले जानकारी दिए । चितवनमा मात्रै चलचित्रले १० लाख माथिको कलेक्सन गरेको छ । तेस्तै पोखराका सबै जसो हलमा पनि चलचित्रले हाउसफुलको व्यापार गरेको छ ।
काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चलचित्रमा सुदिप बरालको छायांकन , चन्द्र पन्तको द्वन्द , अर्जुन जिसीको सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ । चलचित्रमा  प्रदीप र जसिताका अलावा प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

Comment

Related News