• आज : Thursday 26 April 2018
    10:10:45 NST

सेमिफाइनलमा पुग्यो एथ्लेटिको मड्रिड

काठमाडाैं, ३० चैत । स्पेनिस क्लब एथ्लेटिको मड्रिडले युरोपा लिग फुटबलको सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ्ग लिस्बोनसँग १–० ले पराजित भएर पनि समग्रमा २–१ को जितसहित एथ्लेटिको मड्रिडले अन्तिम ४ मा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको पहिलो लेगमा एथ्लेटिकोले २–० को जित निकालेको थियो । बिहीबार राति अवे मैदानमा भएको खेलमा एथ्लेटिको पहिलो हाफमा पछि परेको त्यसपछि खेलमा फर्किन सकेन ।
२८ औँ मिनेटमा मोन्तेरोले गोल गर्दै लिस्बोनलाई सुरुवाति अग्रता दिलाए । तर यो गोलले मात्रै एथ्लेटिकोलाई रोक्न सकेन । बिहीबार राति नै भएको अर्को खेलमा लाजिओलाई ४–१ ले हराएको आरबी साल्ज्बर्ग समग्रमा ६–५ को जितसहित अन्तिम चारमा पुगेको छ ।

Comment

Related News