• आज : Saturday 21 April 2018
    3:10:25 NST

मोटरसाइकल दुर्घटनामा ६ बर्षीया बालिकाको मृत्यु

महाेत्तरी, ३० चैत । महोत्तरीमा मोटरसाइकल दुर्घटनामा बिहीबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा गौशला नगरपालिका—३ श्रीपूर घर भएकी ६ बर्षीया विडरी मण्डल रहेकी छिन् । 
श्रीपुरबाट महोत्तरीको औरही जाँदै गरेको ज ६ प ४०३१ नम्बरको डिस्कभर मोटरसाइकलले  बिहीबार दिउँसो बालिकालाई  श्रीपुरमा ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई विराटनगरको नोवेल अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । 
नामथर नखुलेका मोटरसाइकल चालक भने फरार छन् । उनको खोजी भईरहेका प्रहरीले बताएको छ ।

Comment

Related News