• आज : Saturday 21 April 2018
    3:09:04 NST

लिलिबिली र नेप्टेको भिडन्त

काठमाडौं, ३० चैत । फ्राइडे रिलिज अन्तर्गत शुक्रबारबाट दुई वटा चलचित्र प्रदर्शनमा आएका छन् । चलचित्र लिलिबिली र नेप्टेको यो साता भिडन्त हुने भएको छ । यस बर्षको अन्तिम बहुप्रतिक्षीत चलचित्र ‘लिलिबिली’को बुधवार दिउँसोबाटै बुकिङ खुल्ला गरिएको थियो ।
प्रदीप खड्का अभिनित ‘लिलिबिली’ मल्टिप्लेक्समा राम्रो शो पाएको छ । चलचित्रलाई राजधानी क्युएफएक्स ५ वटा हलमा मात्रै २५ वटा सो पाउँन सफल भएको छ । शत्रु गते, बागी–२ र तिमीसंगले बनाईरहेको होल्ड ओभरका बाबजुत यतिको धेरै सोज पाउँनु भनेको लिलिबिलीका लागि सुखद् भएको निर्माण पक्षले जनाएको छ । चौथो हप्तामा पनि शत्रु गतेले क्युएफएक्स अझै १५ सो पाएको छ । यस्तै ‘लिलिबिली’राजधानीका बिग मुभिजमा ६ शो, सिने डि सेफमा ७ शो, विएसआर मुभिजमा ६ शो, एफक्यूबमा ६ शो, क्यूजमा ५ शो पाएको छ । 
प्रेम गीत र प्रेम गीत २ बाट चर्चा बटुल्न सफल युवा स्टार प्रदीप खड्काको क्रेज र फिल्मको हाइपका कारण ‘लिलिबिली’ को इनिसियल व्यापार आक्रामक हुने धेरैको अनुमान छ । काफिया फिल्मस्, सुदीप खड्का प्रोडक्सन र चाम्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण भैरहेको सिनेमामा गोविन्द शाही, सुदिप खड्का र निर्देशक चाम्सको लगानी छ । चलचित्रमा सुदिप बरालको छायांकन , चन्द्र पन्तको द्वन्द, अर्जुन जिसीको सम्पादन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।
चलचित्रमा प्रदीपसँगै जसिता गुरुङ, प्रियंका कार्की, अनुपबिक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, ध्रुव दत्त, रितेश चाम्स लगायतका कलाकारको अभिनय छ । ‘लिलिबिली’ स्कटल्याण्ड, नेपाल, लन्डन र टर्कीको स्थानबुलमा छायांकन गरिएको हो । 
यसैबीच, ‘सुपारी काँचो’ र ‘दिल रानी’ बोलको गीतसँगै कमेडी ट्रेलरका कारण दर्शकमाझ प्रतिक्षीत बनेको अर्को चलचित्र नेप्टेमा रोहित रुम्बा, छुल्ठिम गुरुङ्ग, दयाहाङ राई, ए गुरुङ, वुद्दि तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मका निर्देशक देव कुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्ममा रोहित आफैंले कथा लेखेका छन् । कलाकार रोहित रुम्बाद्वारा निर्मित ‘नेप्टे’ लाई हरी घले लामाले खिचेका हुन् । फिल्ममा सन्तोष राज, बाबु बोगटी ,ओम सुनारको संगीत रहेको छ  । कविराज गहतराजको कोरियोग्राफी, तारा थापा ‘किम्भे’ को सम्पादन, रोशन श्रेष्ठको द्वन्द्व रहेको फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल, उत्तम केसीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 
 

Comment

Related News