• आज : Saturday 21 April 2018
    3:07:25 NST

लिला आण्टीमा दिनेश केसी

काठमाडौं, ३० चैत । रञ्जित रानाको निर्देशनमा बनेको चलचित्र आई.एम क्रेजीबाट डेव्यु गरेका दिनेश के.सी. नयाँ चलचित्र ‘लिला आण्टी’मा अनुबन्धित भएका छन् । पहिलो चलचित्रबाटै तारिप पाएका केसी चलचित्र सफल भएपछि अर्को चलचित्रमा अनुबन्धित भएका हुन् । 
 
उनले छोटो समयमा नै दर्जन भन्दा वढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले चलचित्र आई.एम.क्रेजी, दानव, खतरनाक, झमेला, वादशाह, निशाफ, नेपथ्य, लाले लगायतमा अभियन गरिसकेका छन् । उनले  नेपाली चलचित्र क्षेत्रमा डेव्यू गर्नु अघि दिनेश के.सी.ले म्युजिक नेपालमा भुवन श्रेष्ठसंग डान्स, विरेन्द्र हमालसंग एक्टीङ्ग, हिमाल के.सी.संग फाईटको प्रशिक्षण लिएका थिए । अहिले नायक के.सी.ले दोलखा फिल्मस प्रा.लि.बाट बन्न लागेको चलचित्रमा अनुबन्धित भएका हुन् । उक्त चलचित्रको छायांकल नेपालकै खप्तड, रारा, मनांग, मुस्ताग र बाँकी चलचित्रको छाँयाकन युरोपको विभिन्न देशमा हुने निर्माण पक्षले जनाएको छ । केशव राज पुरीको निर्माणमा बन्न लागेको चलचित्रमा नायक के.सी.ले दश लाख पारिश्रमिक वुझेका छन् । 
उनी यो चलचित्रमा चार नायिकासंग रोमान्स गर्दै छन् । निर्माण पक्षले फिल्मको नाम हो लिला आण्टी जुराएको छ । यस चलचित्रमा नायक के.सी. लवर ब्वाईको रुपमा देखिनेछन् ।  फिल्मका निर्देशक हुन रामेश कुमार राई । सन्जय पाण्डेको म्युजिक भिडियोबाट अभिनय यात्रा सुरु गरेका दिनेशलाई अहिले चलचित्र क्षेत्रमा पछाडि फर्केर हेर्नु परेको छैन । छोटो समयमा धेरै चलचित्रमा उनले काम गर्न भ्याएका छन् । २०४४ सालमा जन्मेका नायक के.सी. २०६२ सालबाट जन्म थलो दोलखा छोडेर काठमाण्डौ आई कलाकारीताको जगतमा आफ्नो फरक पहिचान बनाउदैै नेपाली चलचित्र क्षेत्रमा व्यस्त नायकको परिचिय बनाउन सफल भएका छन् । 
 

Comment

Related News