• आज : Thursday 26 April 2018
    9:51:24 NST

सांगीतिक क्षेत्रमा गीताको पुनरागमन

काठमाडौं, ३० चैत । साविकको कल्याणपुर ५ काफलसौरा हालको बिदुर नगरपालिका १३ नुवाकोटमा जन्मेकी कलाकार गीता लामा पुनः गीत संगीतमा व्यस्त हुन थालेकी छिन् । 
चतुर तामाङ्ग र साइली तमाङ्गको कोखबाट जन्मिएकी गायिका लामाले जिन्दगीमा अनगिन्ति उतार चढाव खेपेको बताउछिन् । लामा सानै उमेर देखि नै गीत संगीत प्रतिको मोह जागेको एउटा व्यक्तिले जीवन प्रयत्न संघर्षको मैदानमा आफूलाई उभ्याउने प्रयास गरेकै हुन्छ । गाउने नाँच्ने रमाइलो गर्ने लामा गाउँका सानातिना सांगितिक कार्यक्रमहरुमा र मेलामा गीत गाउँने गर्थिन् । १५ बर्षको उमेरमा नै राजधानी छिरेकी लामाले सिलाई कटाईको काम देखि रोधीघरहरुमा समेत पसिना बगाएको बताउँछिन् ।
गायिका लामासँग करिब ३ बर्षसम्म लगातार दोहोरि साझँमा काम गरेको अनुभव पनि छ । गीत संगीतमा हाम फालिसके पछि गायिका बन्ने रहर जोकोहीमा हुन्छ नै । सोही अनुरुप क्यासेटको जमाना भएकै बेला २०५९ सालतिर लामाले गीत रेकडिङ्ग गरिन् ।  रिमा रेकडिङ्गमा लामाको पहिलो एल्बम ‘लिकलियो धुपी सल्लाले’ नामक गीति एल्बम निमार्ण गरिन् । यामु शर्मा, शर्मिला गुरुङ अनि गीता लामाको स्वरमा रहेको गीतलाई हिमालय अडियो हाउसले बजारमा ल्याएको थियो ।
गीता लामा गायिका मात्र नभएर मोडेल पनि हुन् । रामहरि भण्डारीको ड्राइभरको कहानी नामक गीतमा सफल अभिनय समेत गरेकी छन् । दोहोरि साँझमामा काम गर्दा गर्दै सिङ्गापुरको भिसा लागेपछि उनी नेपाल छोडेर सिङ्गापुर पुगेकी थिइन् । नेपाल आउने जाने क्रम जारि राख्दै ७ बर्षसम्म सिङ्गापुर बसेकी थिइन् भने त्यहाँ बसाईको क्रममा विभिन्न ठाउँमा प्रोग्राममा गीत गाउने गर्थिन भने समाज सेवा पनि गर्ने गरेको गायिका लामा बताउँछिन् । विदेशको यात्रा सकिएपछि लामा फेरि नेपाल फर्केर विबाह बन्धनमा बाधिइन् । अहिले उनी एक छोरीकी आमा बनेकी छन् । गायिका गीता लामाको गीत गाउने अनि विभिन्न ठाउँमा कार्यक्रममा जाने गरेको भएता पनि गीतहरुको एल्बम बजारमा आउन नसकेको बताउँछिन् ।  धेरै लामो समय पछि फेरी गीत संगीतमा फर्किएकी लामाले ‘माया लाउने दिन आयो’ बोलको गीत बजारमा ल्याएकी छिन् ।
 

Comment

Related News