• आज : Thursday 26 April 2018
    9:26:09 NST

नेपाल भारत सम्बन्ध : प्याज जस्तै

 
नेपाल भारत सम्बन्ध प्याजजस्तो पत्रपत्रमा निर्मित छ भौगोलिक, आर्थिक, सामाजिक, राजनीतिक, धार्मिक र साँस्कृतिक पत्रहरू। यी पत्रहरू ‘प्याज’ मा झैं एक अर्कामा खप्टिएका छन्। सम्बन्धको अत्यधिक नजिकको खप्ट्याई कहिलेकहीँ सुविधाको कारण बन्छ, अनि कहिलेकहीँ समस्याको जरो बन्छ। यो नै नेपाल(भारत समबन्धको विशेष सुन्दरता पनि हो र जटिलता पनि। 
हाम्रो द्वीपक्षीय समबन्धका केही आधार ‘अस्तित्वगत’ छन्। जुन आधारहरू ‘अस्तित्वगत’ छन् वा ‘एग्जिस्टेन्सियल’ छन्, तिनीहरू ‘नियती’द्वारा निर्धारित छन्। यी यथार्थहरू सेमिनारका भाषण, समाचारका शीर्षक वा सम्पादकीयका अक्षरले तत्काल बदलिन सक्दैनन्। विश्लेषणहरूको सीमा छ तर नेपाल(भारत सिमाना खुला छ। 
तर यी दुई देशबीच केही आपसी स्वार्थचाहिँ ‘परिवर्तनशील’ छन्। पछिल्ला सात दशकमा नेपालमा कयौँ युगान्तकारी परिवर्तन भएका छन्, जसको प्रभाव आपसी सम्बन्धका कयौँ क्षेत्रमा परेको छ। भारतले नेपालसँग व्यवहार गर्दा नेपाली समाजको बदलिँदो स्वरूपप्रति संवेदनशील र सचेत भएर व्यवहार गरे सम्बन्ध नयाँ युगको आवश्कताअनुसार फलदायी हुनेछ।
सम्बन्धलाई युग सुहाउँदो परिमार्जन गर्ने आवश्यकताप्रति कसैको दुई मत नहोला। तर, त्यो परिमार्जनलाई व्यवहारिक रूप दिन पनि दुई देशबीच विश्वासको एक नौलो वातावरण सिर्जना हुन जरुरी छ। हाम्रा पुराना अवधारणामध्ये के सबै कामै नलाग्ने भएका हुन् रु अथवा अवधारणामध्ये कुन(कुन अवधारणा पुरानै कायम राख्ने हो रु कुन(कुन अवधारणालाई नयाँ युग सुहाउँदो नियमले विस्थापित गर्ने हो रु
यो फैसला गर्ने अवसर प्रधानमन्त्री ओली र उनका समकक्षी प्रधानमन्त्री मोदीलाई आसन्न राजकीय भ्रमणले दिँदैछ। भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले संसदलाई सम्बोधन गर्दै भन्नुभयो, ‘म देशको शिर निहुराउने कुनै काम गर्दिनँ।’ कसैलाई लाग्दो हो, यो बडा बहादुरीको अभिव्यक्ति हो। पंक्तिकारलाई त्यस्तो पटक्कै लाग्दैन। संसदमा दुई तिहाइ मत प्राप्त प्रधानमन्त्रीको भ्रमण सुरु हुनुअगावै यस्तो लघुताभासयुक्त वचनवद्धता आधुनिक नेपालको निम्ति गर्वको विषय हुन सक्दैन।
नेपाल त्यस्तो विरलै देश होला जहाँ प्रधानमन्त्री विदेश जाँदा, विशेष गरी भारत जाँदा, उसका हात(खुट्टा बाँधेर, देशभक्तिको वाचा बन्धन गराएर, तामा(कुश(पानी छुवाएर पठाउने चलन छ । हामीले यो लघुताभासबाट समाजलाई मुक्त गर्नु जरुरी छ ।
नेपाल त्यस्तो विरलै देश होला जहाँ प्रधानमन्त्री विदेश जाँदा, विशेष गरी भारत जाँदा, उसका हात(खुट्टा बाँधेर, देशभक्तिको वाचा बन्धन गराएर, तामा(कुश(पानी छुवाएर पठाउने चलन छ। विगतका केही अप्रिय सम्झनाले यस्तो पृष्ठभूमि बनेको होला। तर, अब हामीले यो लघुताभासबाट समाजलाई मुक्त गर्नु जरुरी छ।
यसका लागि हामीले आफ्नोतर्फबाट पहिले देशभित्रै आत्मविश्वासको वातावरण बनाउन जरुरी छ। जुनसुकै पार्टी वा गठबन्धनका प्रधानमन्त्री किन नहोउन्, हामीले हाम्रो प्रधानमन्त्रीलाई जनमतको विश्वास र शक्ति दिएर भ्रमणमा बिदा गर्ने प्रचलन बसाल्नुपर्छ। काल्पनिक सन्देहको डोरीले बाँधेर प्रधानमन्त्रीलाई विमानस्थलमा बिदा गर्ने अनि परिणाम चाहिँ ठूला(ठूला अपेक्षा गर्ने युगको समापन हुनुपर्छ।
प्रधानमन्त्री महोदयले संसदमार्फत् नेपाली जनतालाई स्पष्टीकरण दिनुभएको छ, ‘देशको शिर निहुराउने काम गर्दिनँ।’ हामी चाहन्छौँ, अब उपरान्त कुनै पनि प्रधानमन्त्रीले यस्तो स्पष्टीकरण दिँदै हिँड्नुपर्ने वातावरणको अन्त्य होस्। प्रधानमन्त्रीको पद नेपाली जनताको विश्वासको प्रतीक पनि हो। आफैँले छानेको पदका प्रति विश्वास गर्न सिक्नु जरुरी छ।
होइन भने, मेरो प्रश्न( के नेपालको शिर निहुराउने वा उचो पार्ने काम भारत भ्रमणको सेरोफेरोमा मात्र स्मरण गर्ने विषय हो रु जब वैदेशिक रोजगारीमा जाने आवेदन दिन नागरिकहरू बिहान तीन बजेदेखि लाइन लाग्छन्, त्यस बखत के नेपालको शिर उचो भइरहेको हुन्छ रु
खैर, मूल विषयमा केन्द्रित रहन चाहन्छु। नेपालको संविधान निर्माण प्रक्रिया, त्यसमा मधेसको असन्तुष्टि र भारतको अघोषित नाकाबन्दी, संसदको निर्वाचनयता काठमाडौंको बागमती र दिल्लीको यमुनामा धेरै पानी बगिसक्यो। त्यो प्रकरणबाट दुवै देशले सिकेर स्पष्टका साथ अघि बढ्नुको विकल्प छैन।
प्रधानमन्त्री ओली आफ्ना कुरा प्रस्ट राख्ने नेता हुनुहुन्छ। आजका दिनमा नेपाली जनमतको ठूलो हिस्साको विश्वास पनि उहाँलाई प्राप्त छ। यस्ता नेतासँग खुल्ला वार्ता गर्नु भारतका निम्ति पनि अवसर हो। यो अवसर नचुकाउनुमा नै दुवैै देशका आमजनताको भलाइ छ। खुल्ला हृदयले ओलीजी र मोदीजी बसुन। वार्ता गरुन्। दुई देशबीच आपसी सम्मान र मित्रताका आधारमा इतिहासको शिक्षा र वर्तमानको जटिलताबीच भविष्यको गोरेटो खोजून्। त्यो गोरेटो खोज्न सके, विकासका साना वा ठूला विशालकाय परियोजनाहरूमा समझदारी र सहयोग त सामान्य कुरा हुनेछ। मूल कुरा आपसी संवेदनशीलता, सद्भाव र सम्मान हो । बाँकी थोरबहुत मिडिया बुद्धिविलास त चल्दै गर्छ ।
साभार ः अन्नपूर्णपोष्ट डट कम

Comment

Related News