• आज : Thursday 26 April 2018
    9:23:35 NST

मेरा शब्द मेरा भाव

 
 
सलाम छ तिम्रो सौन्दर्यतालाई
सलाम छ तिम्रो सुगन्धतालाई ।
ए फूल मेरो रिदय सतहबाट नै
सलाम छ तिम्रो निरन्तरतालाई ।।
 
फक्रिन्छौ ओईलाउछौ नभनी धूप छाया
हर गलामा सजि दिन्छौ नभनी रूप माया ।
अनायासै फूली दिन्छौ नभनी बैमान सरीफ
हर आँगन फूली दिन्छौ नभनी धनी गरीब ।।
 
सलाम छ तिम्रो निष्पक्षतालाई
सलाम छ तिम्रो विशालतालाई ।
ए फूल मेरो रिदय सतहबाट नै
सलाम छ तिम्रो सुभाषतालाई ।।
 
हर घर हुर्कि दिन्छौ बिरूवा होस या रूख
हर प्रहर चुडिन्छौ सुख होस या दुःख । 
सहजै सहि दिन्छौ मलम होस या घाउ 
हर अंगमा समर्पित छौ शिर होस या पाउ ।।
 
सलाम छ तिम्रो महानतालाई
सलाम छ तिम्रो सहनसिलतालाई ।
ए फूल मेरो रिदय सतहबाट नै 
सलाम छ तिम्रो फेरि फेरि फेरि फूल्ने प्रतिबद्धतालाई ।।
 
लक्ष्मी सिंह ठकुरी, धनगढी ।

Comment