• आज : Thursday 26 April 2018
    10:13:30 NST

नबोलेकै राम्रो..........

 
रुखो बोली टप्प टिपी नबोलेकै राम्रो 
बोलीभित्र काँडा खिपी नबोलेकै राम्रो ।।
 
नौनी मह जस्तै मीठो बोल्ने भए बोल 
तितो पीरो टर्रो लिपी नबोलेकै राम्रो ।।
 
स्वच्छ मन भए बोल कपट राखी दूर 
हैनभने लुकि छिपि नबोलेकै राम्रो ।।
 
ईच्छा भए बोल नत्र बोल्ने कर छैन 
एकोहोरो गर्दै ढिपी नबोलेकै राम्रो ।।
 
गुणस्तरता हुनुपर्छ वक्ताभित्र पनि 
कीटपतंग , शंखे, सिपी नबोलेकै राम्रो ।।
 
गीता सुवेदी नेपाल, चन्द्रगडी, झापा । 

Comment