• आज : Thursday 26 April 2018
    9:34:42 NST

साउदी जेलमा रहेका उमेश भन्छन् : ‘घर आउँछु आमा’, अदालतको आदेश : 'टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउ'

 
 
महेन्द्रनगर, ७ चैत  । साउदीको कारागारमा बाह्र वर्षदेखि बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव अहिले साउदी जेलमा छन ।  उनी आफ्नो आमालाई कहिले काहीँ फोनमा कुरा गर्दा विश्वस्त बनाउन भन्छन्, “म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।” उनी यी कुरा १०–१५ सेकेण्डमा सिध्याउछन । बढी कुरा हुन्न फोनमा । 
साउदी अरेबिया अदालतले टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ ।  कार्यान्वयन भने हुनसकेको छैन । एक पाकिस्तानी व्यक्तिको हत्या गरेको आरोपमा उनलाई सउदीमा विगत १२ वर्षदेखि बन्दी बनाएर कारागारभित्रै राखिएको छ । 
धनुषाको साविक माची झिटकैया–४ तथा हाल कमला नगरपालिका–३ बस्ने आमा कुमारी देवी र बुबा भोला यादवको साइला सन्तान हुन् उमेश यादव । गरिबीबाट मुक्त हुन विदेशिएका उमेशले साउदीको जिलादीन कम्पनीमा छ महिना काम गरे । 
त्यसपछि यो दुर्घटना हुन पुग्यो पाकिस्तानी कामदारको हत्या । 
उमेशका भाइ दिनेश पनि सउदीमै वैदेशिक रोजगारीमा रहेका बेला उमेशबाट यस्तो घटना भएपछि भाइ दिनेश त्यहाँबाट भागे तर पछि उनलाई पनि पक्राउ गरी साउदीको जेलमा छ महिना राखे । 
छ महिनापछि कम्पनीको पहलमा हिरासत मुक्त भएका दिनेश पुनःआफ्नै गाउँ पुगेर खेतीपाती गरेर जीविकोपार्जन गरिरहेका छन् । दाजु उमेशको हालत देखेर कहिल्यै विदेश नजाने सोचाइमा उनी छन् । 
चार दाजुभाइमा दुई कट्ठा जमिन मात्र थियो, साउदी उमेशलाई सजाय र १२ वर्षदेखि घर नफर्केपछि तीन दाजुभाइले बाँडेर उमेशको भागको सबै बेचबिखन गरी सकेको अवस्था छ । 
सजाय सुनाइएका उमेशका कमलेश यादव र हितेष यादव गरी दुई छोरा छन् । 
दुवै छोरालाई लिएर उनका श्रीमती मन्जुदेवी यादव धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा काम गरी सन्तान पालिरहेकी उमेशका बुबा भोला यादव बताउँछन् । 
वृद्ध बुबाआमा भन्छन्, “ जेलबाटै साथीको मोबाइलबाट कहिलेकाहीँ फोन गर्छ र बढीमा १०–१५ सेकेण्ड कुरा हुन्छ, उ एउटै कुरा भन्छ म घर आउँछु आमा, मेरा छोरा कता छन् ? यति भन्दैमा फोन काटिन्छ । 
सायद अरुको मोबाइल चोरेर फोन गर्छ होला र जेलका सुरक्षाकर्मीले मोबाइल खोस्छन् त्यही भएर यतिको कम कुरा हुन्छ होला उमेशको । ” 
साउदीस्थित रहेको नेपाली दूतावासले पहल थालेको सुनिएको छ तर समयमै काम हुनसके उमेशलाई सुनाइएको सजाय आम माफी हुने बताइएको छ । 
हत्या भएका पाकिस्तानी नागरिकको परिवारले ब्लडमनी रु ७० लाख माग गरेको बुझाउन सके र अदालतमा मृतकका परिवारले छोडदिन भनेपछि उमेशलाई आममाफी हुने संभाबना छ । नेपालबाट सरकारी पहल हुनसके उमेश फर्केर आउने परिवारको आस छ । 
 
 

Comment

Related News